३१ जेठ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो साता सार्वजनिक गर्नेगरी तयारी सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले असार २० गतेभित्र सबै विद्यालयलाई आन्तरिक मूल्यांकन पठाउन निर्देशन दिएको थियो र त्यो अनुसार आन्तरिक मूल्यांकन प्राप्त भए साउन १५ भित्र नतिजा सार्वजनिक गर्नेगरी काम सुरु गरेको बोर्डलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको हो ।
यो बर्ष भने विद्यालयले विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जना सम्मिलित पाँच सदस्यीय समिति बनाएर विद्यार्थीको आन्तरिक मूल्याङ्न गर्न पर्ने छ।