प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभामा विश्वासको मत पाएका छन्। देउवाको पक्षमा १६५ मत आएको छ। माधव नेपाल पक्षका सांसदहरुले पनि देउवाको पक्षमा मत दिएका छन्।
ओली पक्षमा सांसद हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठले पनि शेरबहादुर देउवालाई मत दिएका हुन्। यी सबै यसअघि हुन्। आइतबार संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन्।