काठमाडौँ – कोभिड-१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको भन्दै कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थिगत हुने भएको छ।स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार भर्चुअल रूपमा २३ बुँदे सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै निकट भविष्यमा सञ्चालन हुने परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गर्ने घोषणा गरेका हुन् ।
मन्त्रालयले सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि शुरु गर्ने तयारी छ ।