काठमाडौं,साउन २२ – राष्ट्रिय सभा सदस्य (सांसद) तारादेवी भट्टले पब्जी, फ्री फायर लगायतका गेमिङ एप्लिकेशनमाथि प्रतिबन्ध लगाइनुपर्ने माग गर्नु भएको छ। शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टले महामारीका कारण विद्यालय बन्द रहेको बेला बालबालिकालाई कुलतमा फसाएकाले पब्जी, फ्री फायरमाथि प्रतिबन्ध लगाउन् माग गरिन्।