चितवन। चितवनमा साउन २४ गते आइतबारदेखि भेरोसेल खोपको दोस्रो मात्रा (डोज) लगाउन सुरु गरिने भएको छ । भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई आइतबारदेखि मंगलबारसम्म दोस्रो डोज दिइने लागेको हो । साउन १ गतेदेखि ४ गतेसम्म पहिलो मात्रा लिएर २१ दिन पूरा भएकाहरुलाई यो खोप लागिएको हो।
खोप लगाउन जाँदा पहिलो मात्रा लगाउँदाको कार्ड र परिचयपत्र अनिवार्य लैजानुपर्ने छ ।