विश्वविद्यालयको परीक्षामा सहभागी हुने विद्यार्थीलाई परिचयपत्रका आधारमा कोभिड–१९ विरुद्धको खोप दिने

काठमाडौं। नेपाल सरकारले  विश्वविद्यालयको परीक्षामा सहभागी हुने २० वर्षमाथिका करिब ६० हजार विद्यार्थीलाई विद्यार्थीलाई प्रवेशपत्र वा परिचयपत्रका आधारमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड वा भेरोसेलको खोप दिने निर्णय गरेको छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार विश्वविद्यालय तहका परीक्षार्थीहरूले प्रवेशपत्रका आधारमा काठमाडौँ उपत्यकामा नेपाली सेना,नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पताल र चक्रपथस्थित राधास्वामी आइसोलेसन केन्द्रमा कोभिड–१९ विरुद्ध खोप वितरणको व्यवस्था गरिएको र साथै सबै प्रदेशबाट परीक्षार्थीहरूलाई खोप वितरणको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *