काठमाडौँ — नेकपा एमाले औपचारिक रुपमै विभाजन भएको छ। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । नेकपा एमाले समाजवादी’को संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी र चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।
यस अगि २०५४ सालमा बामदेव गौतमको नेतृत्वमा एमाले विभाजन भएर नेकपा माले गठन भएको थियो।