८ भदौ, काठमाडौं । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि विवादमा तानिएका नेपाल स्टक एक्सचेन्ज (नेप्सेे)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिने भएका छन् ।
श्रीमतिको नाममा सेयर किनेपछि विवादमा तानिएका सीईओ साउदलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।