चितवन । भरतपुर महानगरले नेपालमा नै पहिलो पटक अटिजम भएका बालबालिकाको अध्ययनका लागि अटिजम विद्यालय सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका भित्रका अटिजम भएका बालबालिका का लागी भरतपुर वडा नं.१० मा (भरतपुर बालमंदिर अटिजम बिशेष बिधालय ) महानगरको सामुदायीक बिधालयको आज मेयर रेनु दाहालले स्थापना र शुभारम्भ गर्नु भएको छ।
साविकको बालमन्दिर स्कुललाई नारायणी नमुना माविमा गाभेर यहाँ अटिजम विशेष विद्यालय स्थापना गरिएको हो । कार्यक्रममा मेयर रेनु दाहाल, उपमयर पार्वती शाह ठकुरी, १० न वडाका अध्यक्ष अरुण पीडित भण्डारी लगायतको उपस्थिती थियो ।