हिजो रातिबाट परेको अविरल वर्षाका कारण काठमाडौँमा बाढी पसेको छ ।
माछापोखरी ,टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, गुह्येश्वरी, जोरपाटी , कालोपुलल, मुलपानी र बल्खु लगायतका क्षेत्र डुबानमा परेको थियो । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले उद्धार कार्य जारी राखेको र हाल सम्म १३८ जनाको सकुशल उद्धार गरेको छ । कुल ३८२ घरधुरी डुबानमा परेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।