चितवन : नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवाप्रदायकको केबल तार काट्न सुरु गरेको छ । निर्धारित मितिमा पोल भाडा नतिरेको भन्दै इन्टरनेटको तार काट्न थालिएपछि चितवन लगायत कतिपय ठाउँमा इन्टरनेट सेवा नै अवरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरण भरतपुरले पोलको भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन काटिएको जनाएको छ । चितवनमा हाल ८ वटा कम्पनीले मात्रै पोलको भाड तिरेका छन् ।