राष्ट्रपति विद्यादेवी भण्डारीले १८ मन्त्री नियुक्ति गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले १९ मन्त्री नियुक्ति गर्नुभएको हो । यसै क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेललाई नियुक्त गरेकी छिन् ।
उनी २०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार भएका उनी २०७४ मंसिरमा सम्पन्न आम निर्वाचनमा बाग्लुङ क्षेत्र नम्बर २ बाट विजयी भएर प्रतिनिधि सभामा सदस्य भएका हुन् ।