१५ कात्तिक, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । प्रदेश सभामा आफ्नो बहुमत नपुग्ने भएपछी त्यस अगाडिनै राजिनामा दिन लागेका हुन।
प्रदेश सभा बैठकमा आज उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका रहेको छ। साथै प्रदेश-१ मा विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने भएको छ।
गठबन्धनमा रहेको कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन्। प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ। विपक्षी गठबन्धनसँग ५० जना सांसद छन्।
एक जना सांसद रहेको राप्रपा दुवै पक्षमा खुलेको छैन।