चितवन । यु–१९ बागमती प्रदेश छनौट प्रतियोगिताको उपाधि चितवनले जितेको छ ।फाइनल खेलमा ललितपुरलाई ४८ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो । आज काठमाडौंको मुलपानि क्रिकेट रंगशालामा भएको फाइनल खेलमा चितवनले टस जितेर २१६ रनको योगफल तयार गरेको थियो । चितवनका लागिसोपनिल अधिकारीले ४० रन र फाइनल खेलका म्यान अफ द म्याच सुयान्सु कोइरालाले चितवनकालागि ६८ रनको योगदान गरे ।
२१७ रनको विजय लक्ष पाएको ललितपुरले लक्ष्य पछयाउने क्रममा मात्र १६८ रन मा सिमित भयो। प्रतियोगितामा म्यान अफ द सिरिज चितवनका प्रतिक श्रेष्ठ चयन भए, सर्वाधिक रनकर्ता र इमर्जिङ खेलाडीको उपाधि चितवनकै सूयान्सु कोइरालाले हात पारे ।