अनुमति नै नपाएका डाक्टरले कलेजो प्रत्यारोपण गर्दा चितवन मेडिकल कलेजमा बिरामीको मृत्यु भएको आरोप

शल्यक्रियाको अनुमति नै नपाएका चिकित्सकले कलेजो प्रत्यारोपण गर्दा भरतपुरस्थित चितवन मेडिकल कलेजमा एक बिरामीको ज्यान गएको आरोप पीडित परिवारले लगाएको छ।

भरतपुर– ६ का बोधराज पौडेलको गत ६ असोजमा उपचारका क्रममा मृत्यु भएको थियो । डा. सञ्जयकुमार यादवसहितको टोलीले मृतक पौडेलको कलेजो प्रत्यारोपण गरेको थियो । तर, डा. सञ्जयकुमार यादवलाई मानव अंग प्रत्यारोपण समन्वय समितिले प्रत्यारोपणको अनुमति नदिएको स्रोतले जनाएको छ ।

मृतकका छोरा प्रसन्न पौडेलले अनुमति नै नपाएका डाक्टरले प्रत्यारोपण गरेको भन्दै उजुरी गरेका हुन् ।  प्रसन्नले अस्पतालका अध्यक्ष डा. हरिशचन्द्र न्यौपाने तथा उपचारमा संलग्न चिकित्सक डा. सञ्जयकुमार यादव, डा. राजीव शाहलगायतविरुद्ध उजुरी दिएका छन् ।

पीडित परिवारले मेडिकल कलेज र त्यहाँ कार्यरत चिकित्सकविरुद्ध नेपाल मेडिकल काउन्सिल, मानव अंग प्रत्यारोपण समन्वय समिति र जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *