चितवन, मंसिर ४– शुक्रबार भएको निर्वाचनबाट नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तरगत चितवनका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ ।
क्षेत्र नं. १ (क)
क्षेत्र नं.१ (क) मा ३४५ मतदाता रहेका थिए ।
- प्रदेश सभापतिमा गणेश मल्ल ठकुरी निर्वाचित भएका छन् । ठकुरीले १७६ मत प्राप्त गरे । उनका निकटम प्रतिद्धन्द्धी कृष्ण श्रेष्ठले १७५ मत प्राप्त गरे ।
- उपसभापतिमा राजु चौधरी र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।
- सचिवमा संगीता चौधरी र दिपेन्द्र रोक्का निर्वाचित भएका छन् ।
- सह–सचिवमा कृष्णप्रसाद पाठक र पदम मोक्तान निर्वाचित भएका छन् ।
क्षेत्र नं. १ (ख)
क्षेत्र नं.१ (ख) मा ५६५ मतदाता रहेका थिए ।
- प्रदेश सभापतिमा गोविन्द गौतम निर्वाचित भएका छन् ।
- उपसभापतिमा इन्द्रलाल न्यौपाने (२९३) र डिल्लीप्रसाद छत्कुली (२७८) मतका साथ निर्वाचित भएका छन् ।
- सचिवमा देवेन्द्रबहादुर भुजेल (३४३) र मनोज चौधरी ३०६ मतका साथ निर्वाचित भएका छन् ।
- सह–सचिवमा गीता दाहाल (३२३) र रामसिंह चौधरी (२९३) निर्वाचित भएका छन् ।
- क्षेत्रीय सदस्य महिलातर्फ ३०७ मतका साथ बबिता चौधरी निर्वाचित भएकी छन् ।
- खुलातर्फ राजु तामाङ लामा (३२९) र ओमप्रसाद घिमिरे (२८९) निर्वाचित भएका छन् ।
क्षेत्र नं. २ (क)
क्षेत्र नं.२ (क) मा ४७७ मतदाता रहेका थिए ।
- क्षेत्र नं. २ (क) प्रदेश सभापतिमा जनार्दन प्रसाद दाहाल निर्वाचित भएका छन् ।
- उपसभापतिमा मिठु गौतम सुवेदी (२५४) र केशवराज रिमाल (२४०) निर्वाचित भएका छन् ।
- तसचिवमा कुमबहादुर गुरुङ (२५४) र ठाकुर लामिछाने (२५१) निर्वाचित भएका छन् ।
- सह–सचिवमा सुजन थापा (२४१) र सोमराज आचार्य (२२२) निर्वाचित भएका छन् ।
क्षेत्र नं.२ (ख)
क्षेत्र नं.२ (ख) मा ४९२ मतदाता रहेका थिए ।
- क्षेत्र नं. २ (ख) प्रदेश सभापतिमा रोशन शाही ठकुरी निर्वाचित भएका छन् ।
- उपसभापतिमा जानकी पौडेल सापकोटा (२५४) र महेन्द्रराज पौडेल (१९८) मतका साथ विजयी भएका छन् ।
- सचिवमा कृष्ण विलास अधिकारी (२८९) र रविभन्द्र शर्मा खनाल (२१२) मतका साथ विजयी भएका छन् ।
- सह–सचिवमा बसन्त ढकाल र सजनी भन्तना विजयी भएका छन् ।
क्षेत्र नं.३ (क)
त्यस्तै क्षेत्र नं.३ (क) मा ६०५ मतदाता रहेका थिए ।
- क्षेत्र न.३ (क) प्रदेश सभापतिमा खेमनारायण सापकोटा निर्वाचित भएका छन् ।
- उपसभापतिमा आशबहादुर गुरुङ (४५२) र सूर्यकला अधिकारी कोइराला (२४१) मतका साथ निर्वाचित भएका छन् ।
- सचिवमा ठाकुरप्रसाद पौडेल (३६०) र आनन्द प्रसाद सुवेदी (३४०) निर्वाचित भएका छन् ।
- सहसचिवमा डिलु गुरुङ (२९३) र भरत अधिकारी (११०) निर्वाचित भएका छन् ।
क्षेत्र नं.३ (ख)
क्षेत्र नं.३ (ख) मा ३५५ मतदाता रहेका थिए ।
- प्रदेश सभापतिमा शोभाखर चापागाईं निर्वाचित भएका छन् ।
- उपसभापतिमा लिलाराज भुसाल निर्वाचित भएका छन् ।
- सचिवमा गोबिन्द शर्मा (१८६) र सूर्य अधिकारीले (१९१) मतका साथ विजयी भएका छन् ।