चितवन, मंसिर ४– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आज देशैभर वडा अधिवेशन गरिरहेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवन लगाएत देशभरका ६, हजार ७ सय ४३ वडामा सम्मेलन गर्ने भएको हो। चितवन मा पनि ९८ वटा वडामै अधिवेशन सुरु भएको छ । यी सबै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन हुने माओवादी केन्द्रले जनाएको छ । आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा माओवादीको राष्ट्रिय सम्मेलन हुँदैछ ।