एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको खाना मेनु तयार,छाकैपिच्छे मासुका परिकार

चितवन – नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदैछ। मंसिर १० मा नारायणगढस्थित नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन हुनेछ भने ११ र १२ मंसिरमा सौराहामा बन्दसत्र हुनेछ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको खाना मेनु पनि तयार भएको छ।

खाना मेनु:

खाना मेनुमा १०–१० प्रकारका खानाको व्यवस्था हुनेछ ।

पहिलो छाक

  • सलाद बार, सादा खाना, राज्मा आलु, भेज करी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार, मिक्स दाल फ्राई, र फलफूल रहने छन् । हरेक छाकमा कुखुराको मासु, खसीको मासु र माछा हुनेछ ।

दोस्रो छाक

  •   चिकन डोपियाजा, सादा खाना, दाल मखनी, सलाद बार, आलु गोभी, माछा फ्राई,मसरुम मटर, मटन करी, सवुदाना र अचार साँदेको हुनेछ ।

तेस्रो छाक

  • सादा खाना, सलाद बार, भेज तरकारी, कालो दाल, आलुबोडी तामा, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र सिवाई हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *