चितवन, मंसिर ९ – नेकपा एमालेको १० औं महाधिवेशनको बेला पूर्वबाट आउने सवारी साधनलाई निर्वाधरुपमा सञ्चालन गर्न दिइने भएको छ। महाधिवेशनको बेला पुर्वपश्चिम राजमार्ग अवरोध हुने समाचार प्रकाशित भएसी चर्को बिरोध भएको थियो।
चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार गाडीलाई बाइपास सडकखण्ड हुँदै र अन्य सवारी सधानलाई पूर्वि चितवनको टाँडीबाट पदमपुरको बाटो हुँदै बाइपास सडकखण्डको विशाल चोकमा ल्याएर काठमाडौं र पोखरा जाने व्यवस्था गरिने भएको छ ।
यसका साथै पूर्वबाट पश्चिम जाने र पश्चिमबाट आउने अत्यावश्यक सवारी साधनलाई सञ्चालन व्यवस्था गरिने भएको छ ।