७ पुस, काठमाडौं । बुधबार पत्रकार सम्मेलन गरेर नेपाल क्रिकेट संघ (क्यान) कार्यसमितिका ६ जना सदस्यले राष्ट्रिय टिमका चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् ।
खेलाडीलाई कारबाही गर्ने गरी क्यानले गरेको निर्णयमा नोट अफ डिसेन्ट लेखेका सदस्यहरु करन महतरा, छुम्बी लामाऋषिराम गौतम, अमितवीर पाण्डे, र सञ्जयराज सिंहले चार खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका हुन् ।