चितवन- जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली संकलन अभियानका क्रममा २० हजार ६०३ जनाले मतदाना नामावलीमा नाम दर्ता गरेका छन्। २०७७ पुस ५ गते निर्वाचनको मिति अगि जिल्लामा तीन लाख ६८ हजार ३८२ मतदाता थिए। जिल्लामा तीन निर्वाचन क्षेत्र छन्। मंसिर १७ गतेदेखि पुस १८ गतेसम्म सञ्चालन भएको मतदाता नामावली संकलन अभियानमा २० हजार ६०३ मतदाता थपिएका हुन।
कुन नगरपालिकामा कती थपिए:
रत्ननगर नगरपालिकामा दुई हजार २९६
खैरहनी नगरपालिकामा दुई हजार ५३७
राप्ती नगरपालिकामा चार हजार १३०
माडी नगरपालिकामा एक हजार ५५१
इच्छाकामना गाउँपालिकामा ६१४
कालिका नगरपालिकामा एक हजार ३७७