काठमाडौं– आइतबार बसेको सीसीएमसीको बैठकले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै विद्यालयहरूमा माघ १५ गतेसम्म हिउँदे बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
यसैगरी भीडभाड हुने सार्वजनिक स्थलमा एन्टीजेन बुथ राख्ने र राजनीतिक कार्यक्रम तथा मेला महोत्सव नगर्न समेत आग्रह गरेको छ र माघ ७ गतेदेखि सार्वजनिक स्थानहरुमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको छ ।