चितवन, पुस २६– जिल्ला प्रशासन कार्यालय चितवनले चितवनमा भईरहेका र हुने तयारीमा रहेका सबै महोत्सव बन्द गर्ने निर्णय गरेको छ । चालु अवस्थामा रहेको चितवन महोत्सवलाई व्यवस्थापन गर्न दुई दिनको समय दिने निर्णय गरेको छ ।
चितवनसहित देशैभर कोरोना भाइरसको संक्रमण दर बढ्न थालेपछि सबै महोत्सव बन्द गर्ने निर्णय गरेको हो ।