काठमाडौँ — संसारको सबैभन्दा बढी पटक तस्बिर खिचिएको बाघको रूपमा चर्चित ‘कलरवाली’ बघिनी को १७ वर्षको उमेरमा मृत्यु भएको छ । ८ पटकमा २९ वटा डमरुको जन्म दिएकी बघिनी को पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको मध्यप्रदेशस्थित वन विभागले जनाएको छ । । कलरवाली बघिनीले अन्तिम पटक जनवरीमा सन् २०२१ मा तीन डमरुलाई जन्म दिएकी थिई । कलरवाली बघिनीको नामले चर्चित यी बघिनीले सबैभन्दा धेरै डमरुलाई जन्म दिएकी थिई जो एक रेकर्ड हो ।
बघिनी अन्तिम पटक जनवरी १४ मा निकै थकित र हिड्डुल गर्न नसक्ने अवस्थामा देखिएकी थिई । यो बघिनीको जन्म पेन्च नेशनल पार्कमा सन् २००५ मा भएको थियो ।
भारत मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले कलरवालीको निधनमा श्रद्धाञ्जली दिएका छन् ।