भरतपुर महानगरपालिका द्वारा बालबालिका संग मेयर कार्यक्रम अन्तर्गत १० वटा आधारभुत बिधालयका १२२० जना बालबालिकालाई न्यानो कपडा महानगरको सभाहलमा कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेको छ।
बिगतको बर्षमा बिद्यालयमै गएर हस्तान्तरण हुँदै आएकोमा यो बर्ष कोभिडको कारण महानगरको सभाहलमा कार्यक्रम आयोजना गरेर बिधालयका प्रअ र अध्यक्ष ज्युहरुलाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा उप मेयर, शिक्षा अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
बिद्यालयको नामावली:
- भरतपुर वडा नम्बर १३ उज्वलनगरका ११६
- भरतपुर वडा नम्बर २१ मा रहेको कालिका नि.मा.बी मनिपुरका ६१
- भरतपुर वडा नम्बर २२ मा रहेको श्री आधारभुत स्कुल धनैजीका १४१
- भरतपुर वडा नम्बर २३ मा रहेको कदमपुर बिद्यालयका १७४
- भरतपुर वडा नम्बर २४ मा रहेको प्रा.वि धुर्बनगरका १२०
- भरतपुर वडा नम्बर २५ मा रहेको लेबर नगरका १३५
- भरतपुर महानगरपालिका वडा नम्बर २६ मा रहेको आधारभुत खद्रौलीका ११५
- भरतपुर वडा नम्बर २६ मा रहेको श्री आधारभुत बिद्यालय कोइलाहाका १४८
- भरतपुर वडा नम्बर २६ मा रहेको आधारभुत बिद्यालय भगडीका ७५
- भरतपुर वडा नम्बर २८ मा रहेको श्री राष्ट्रिय आधारभुत स्कुल लौखारीका ९६