क्रिप्टोकरेन्सीको कारोबारगरेको आरोपमा रु. ३७.६४ करोड बिगो दाबीसहित मुद्दा दायर

काठमाण्डौ । राजश्व अनुसन्धान विभागले  क्रिप्टोकरेन्सी कारोबार गर्ने ४ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ। राजश्व अनुसन्धान विभागले  कैलाली लम्कीचुवा–१० स्थायी ठेगाना भई हाल काठमाण्डौ कालोपुल गुरुङटोलमा बस्ने दिनेश खड्का, उनका बुबा नरबहादुर खड्का, दिदी भगवती खड्का,  र  अनिता धितालविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बिगो दाबीसहित सोमबार काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

विभागद्वारा दायर मुद्दामा उनीहरुलाई  विदेशी विनिमय (नियमित गर्ने) ऐनको दफा १७ को उपदफा (१) बमोजिम बिगो जफत गरी सजाय हुन र दफा १७ को उपदफा (९) बमोजिम तीन वर्षसम्मको कैद सजायको माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *