काठमाडौं – युवा तथा खेलकुद मन्त्रालय मातहात रहेको संस्थाहरुको अवस्था भद्रगोल रहेको छ। गठबन्धन सरकारको असफल मन्त्रीको रुपमा चित्रित हुँदै गएका मन्त्रीले आफ्नै मन्त्रालयको एउटा अभिन्न संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अस्वीकार गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद्मा भइरहेको अन्योलताको निकासको लागि मन्त्री ले खासै रुची देखाएका छैनन ।