एमाले नेता महेश बस्नेत र संगठन विभाग प्रमुख खगराज अधिकारी बिचको बिवादले उग्र रुप लिएको छ। एमाले नेता महेश बस्नेतले फेस्बुक मार्फत खगराज अधिकारी संगठन विभाग चलाउन नसक्ने व्यक्ति भन्दै संगठन विभाग प्रमुख खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न माग गरेका छन् ।