काङ्रेसका नेता दिपक खड्काको समुहले स्काउटको केन्द्रीय कार्यालय तोडफोड गरेको आरोप

काठमाडौँ — नेपाल स्काउटको केन्द्रीय कार्यालयमा तोडफोड भएको छ । युवाहरूको समूहले कर्मचारीमाथि हातपात गर्दै  कार्यालयको ल्यापटप समेत चोरेर लगेको नेपाल स्काउटले जनाएको छ ।

का‌ंग्रेस नेता दीपक खड्काले भाडाबापतको बक्यौता रकम नतिरी खाली जग्गामा भौतिक संरचना निर्माण गर्न थालेपछि भएको बिवादलाई लिएर कार्यालय परिसरमा तोडफोड गरेको नेपाल स्काउटले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्काउटले जग्गा र व्यवसायिक भवनहरु खड्काल्यान्ड डेभलपमेन्ट प्रालिलाई दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *