प्याब्सन बागमती प्रदेश अधिवेशन सौराहामा सुरू

pabson bagmati

रत्ननगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बागमती प्रदेश समितिको प्रदेश अधिवेशन चितवनको सौराहामा शुक्रबारदेखि सुरू भएको छ ।दुई दिनसम्म चल्ने बागमती प्रदेश समितिको तेस्रो प्रदेश अधिवेशनमा नयाँ नेतृत्वको लागि पदाधिकारीमा निर्वाचन हुने छ । वागमती प्रदेश प्याब्सनमा १ हजार २६१ वटा विद्यालय आबद्ध रहेका छन् । कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहलगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *