काठमाडौँ- लोकसेवा आयोगले नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ तह, स्टाफ नर्स पदका लागि ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ ।
स्टाफ नर्सले २२ चैतभित्र नियमित र २९ चैतभित्र दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । १८ वर्ष पूरा भई ४५ ननाघेकाले आवेदन दिन पाउनेछन् ।
कोटा:
- महिलामा ४५
- आदिवासी जनजातिमा ३६
- मधेसीमा २९
- दलितमा १३
- अपांगमा सात र पिछडिएका क्षेत्रमा पाँच सिट
- खुलामा १६५ जनाको सिट