भरतपुर महानगरका विपन्न ६० छात्रालाई साइकल वितरण

भरतपुर महानगरपालिकाले महिलासँग मेयर कार्यक्रमअन्तर्गत भरतपुर महानगरमा विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका ६० छात्रालाई साइकल  वितरण गरेको छ । भरतपुर वडा नम्बर १८, १९ र २० का ८ वटा विद्यालयका ६० जना छात्रालाई  साइकल वितरण गरिएको महानगरपालिकाको सामाजिक महाशाखाले जनाएको छ । महानगरले यो वर्ष १० वटा वडाका २ सय जना छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *