काठमाडौं– मादक पदार्थ सेवन गरी पृथ्वी मल्लले हाँकेको कारको ठक्करबाट मंसिर २०७६ मा बुढानीलकण्ठमा लिला देवकोटाको मृत्यु भएको मुद्दामा काठमाडौं जिल्ला अदालतले पृथ्वी मल्ललाई दोषी ठहर गर्दै ६ महिना कैद मात्र सुनाएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मल्लमाथि १० वर्ष कैद र जरिवानाको मागदावी गरेको थियो । पृथ्वी मल्लले गाडी चलाएका बेला उनीसँग नेपाली सवारी चालक अनुमतिपत्र समेत थिएन । उक्त कारमा नेपालको चर्चित मोडेल परमिता राणा पनि सवार रहेकी थिइन।