काठमाडौं– नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नारायण प्रसाद दाहाललाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गरेकी हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइलाई राष्ट्रिय सभा सदस्यमा मनोनितका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
प्रचण्डका भाइ नारायण प्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनित
