छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गंगानगर मावि चितवनका दुई शिक्षक पक्राउ

चितवन,चैत २५-

छात्राहरूलाई यौन दुर्व्यवहर गरेको आरोपमा चितवन प्रहरीले भरतपुर महानगरपालिका १३ गंगानगरका दुईजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ हुनेमा ५८ वर्षीय फणिन्द्र भट्टराई र ५२ वर्षीय विमलप्रसाद देवकोटा रहेका छन् ।

उक्त विद्यालयका शिक्षक फणिन्द्र भट्टराईले कक्षा ४ मा पढ्ने छात्रालाई र अर्का शिक्षक विमलप्रसाद देवकोटाले कक्षा ५ मा पढ्ने विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *