काठमाडौं- काठमाडौंबाट मेयर उठ्ने घोषणा गरेकी ‘मिस नेवा २०११’ की विजेता सुनिता डंगोल नेकपा एमालेबाट उपमेयरमा उठ्ने भएकी छन्। साथै उनलाई नेकपा एमालेले काठमाडौंमा उपमेयरको उम्मेदवार बनाएको हो। साथै नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा केशव स्थापितलाई अघि सारेको छ। सुनिता डंगाेलले स्वतन्त्र हैसियतले मेयरमा उम्मेदवारी दिने भन्दै घोषणापत्र पनि सार्वजनिक गरेकी थिइन्।