मनाङ, वैशाख ३१ : हिमाली जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवार र नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएका छन्।
नार्पाभूमिको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचत भएका छन्। उनी १५८ मत पाएर निर्वाचित भएका हुन्। त्यस्तै चामे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन्। उनले ३२० मतले पाएका छन्। चामे गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित भएकी छन्। मनाङ ङिस्याङ र नासो गाउँपालिकाको मतगणना जारी रहेको छ।