देशनै अहिले चुनावमय भएको छ। ५ बर्षको लागि आफ्नो जनप्रतिनिधी चुन्ने अवसर पाएका जनता अहिले चुनावको नतिजा सुन्न आतुर छन। तेसै गरी जनतालाई नतिजा सबै भन्दा पहिला पुराउनका लागि देशैभरीका संचार मध्यम अहिले चुनाव केन्द्रित भएका छ।
देशनै चुनाव भएको बेला अहिले एउटा डर लाग्दो बलत्कारको घटनाले सामाजिक सन्जाल तताएको छ। रेग्मी थर गरेकी एक युवतीले आफु २०७१ सालमा भएको मिस ग्लोबल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा उक्त प्रतियोगिता सँग सम्बन्धित व्यक्तीहरु बाट आफूमाथि बलात्कार भएको भिडियोमा बताएकी छिन्। सुन्दरी प्रतियोगितामा भाग लिने क्रममा क्रूरता पुर्वक बलत्कार भएको भनेर सामाजिक सन्जालमा खुलासा गरेसी अहिले सामाजिक सन्जाल तातेको छ। उनले आफूलाई बलात्कार गर्ने र उनलाई साथ दिनेको थरमात्र खुलाएकी छिन्।
मिस ग्लोबल इन्टरन्यास्नल २०१४ मा भाग लिने क्रममा उनिलाई नसालु पदार्थ दिएर बलत्कार गरिएको उक्त भिडियो बाट जानकारी दिएकी छिन। साथै बलत्कार भएपछी उक्त घटनाको बारेमा उक्त कार्यक्रम सँग सम्बन्धित पुर्व मिस नेपाल माल्भिका सुब्बालाई खबर गर्दा उल्टै अपमानित हुनु परेको पनि खुलासा गरेकी छिन।