चितवन, जेठ ९-
भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । औपचारिक घोषणा भने मतगणना सकिएपछि हुने छ ।
तीन वडाको मत गणना गर्न बाँकी रहे पनि रेणु दाहाल र चित्रसेन अधिकारी अग्रता गन्न बाँकी मत भन्दा बढी भएकोले विजय सुनिश्चित भएको हो ।