काठमाडौंः पछिल्लो समय बलात्कारका घटना सार्वजनिक भइरहेका बेला फेरि घटना सार्वजनिक भएको छ। राजधानीको सेन्ट लरेन्स कलेजमा भएको यौन दुर्व्यवहारको घटनाले विद्यार्थीहरू आक्रोसित बनेका छन ।
सेन्ट लरेन्स कलेजका कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्सका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्।
कलेजको कोअर्डिनेटरले किशोरीलाई रेस्टिकेड गरिदिने भन्दै धम्की दिदै यौन दुर्व्यवहार गर्ने गरेका थिए । कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले गौशाला प्रहरी वृत्तअगाडि प्रदर्शन गरेका छन।