झापा-
दमक नगरपालिकामा मिस्टर एन्ड मिस कलेज २०२२’ नाम गरेको सौन्दर्य प्रतियोगितामा जिताउने प्रलोभन देखाएर आयोजकले नै एक किशोरीमाथि यौन दुर्व्यवहार गरेका घटना सार्वजनिक भएकाे छ । उक्त प्रतियोगिताको विजेता बनाइदिने प्रलोभनमा दमक-१ घर भएकी १७ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार घटना सार्वजनिक भएको हो ।
इलाका प्रहरी कार्यालय दमकमा किशोरी र उन्को परिवारले उजुरी दिए पछि प्रहरीले आयोजक संस्था शंकर आर्ट्स फाउन्डेसनका निर्देशक लालबहादुर शंकरलाई पक्राउ गरेको छ । पक्राउ परेका लाल बहादुर शंकारमाथि बाल यौन दुरूपयोग कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ ।