१६ जेठ, काठमाडौं । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । पोखरा बाट जोमसोमको लागि उक्त जहाज उडेको थियो । जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला परेको छ ।