सुनसरी । एक नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका राजकुमार खड्का पुर्पक्षका लागि कारागार चलान भएका छन् । इटहरीस्थित ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलका तत्कालीन प्रिन्सिपल समेत रहेका खड्कालाई केन्द्रीय अनुसन्धन ब्युरो (सीआइबी)ले काठमाडौंबाट पक्राउ गरी सुनसरी ल्याएको थियो ।
पीडित छात्राले खड्काले कक्षा ९ मा अध्ययनरत हुँदा होस्टेलमा बसेका बेला आफु लाई पटकपटक बलात्कार गरेको उजुरी दिएको थिइन । छात्राका अनुसार उपचार गराउन लैजाने बहानामा धरानको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको आरोप लगाएको थिइन ।
सुनसरी जिल्ला अदालतका न्यायाधीश सुवासबाबु पुरीको एकल इजलासले खडकालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।