सर्वनाम शिक्षालयका होस्टल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप

२१ जेठ, काठमाडौं । काठमाडौं जोरपाटीमा रहेकोको सर्वनाम शिक्षालयका छात्राहरुले होस्टल वार्डेन रामजी बस्नेतले यौन दुर्व्यवहारको आरोप लगाएका छन् । अभिभावकहरुले दुर्व्यवहारको घटना थाहा पाए पश्चात होस्टल पुगेर अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका छन् । आरोपित वार्डेन भने फरार रहेका छन ।

घटनाबारे विद्यार्थीहरुले प्रिन्सीपललाई पहिलै जानकारी दिएको र जानकारीका बाबजुत प्रिन्सिपलले केहि नगरेको भन्दै बिद्यार्थीहरु अक्रोशित भएका छन । वार्डेनले  होस्टलमा बस्ने बालिकाको संवेदनशील अंगहरु छुने, अश्लील प्रकारका भिडियोहरु देखाउने गरेको आरोप लागेको छ।

होस्टल पुगेर घटनाबारे जानकारी लिन खोज्दा प्रिन्सीपल दुर्गानाथ शिवाकोटीले असहयोग र दुव्र्यवहार गरेको भन्दै अभिभावक आक्रोशित भएका थिए। प्रहरीले सर्वनाम शिक्षालयका प्रिन्सीपल शिवाकोटी र उनकी पत्नीलाई घटनाको विषयमा सोधपुछ गर्न नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *