पीडामा बेवारिसे काजलकली, सरोकार वाला मौन

चितवन। सौराहाको मुख्य आकर्षणनै जंगल सफारी रहदै आएको छ। यहाँ हात्ती सफारी र जीप सफारी पर्यटक माझ चर्चित रहेको छ। २० बर्ष देखी सौराहामा ब्यापारीलाई राम्रो आम्दानी दिएको एक हात्ती भने अहिले आफ्नो जिंदग़ीको लागि संघर्ष गरी रहेको छ। करिब ७० वर्ष पुगेकोकाजलकली पछिल्लो हप्तादेखि केही खान नसक्ने भएको छ।  २० वर्ष पर्यटक बोकेको काजलकली दुई पटकसम्म भारत भारतमा बेचिन बाट जोगिएको थियो। पछील्लो पटक बेचिन लागेर सिमानाबाट फिर्ता ल्याइएको काजलकली हात्ती पाँच महिनादेखि बिरामी भएर बेवारिसे भएको छ। अहिले काजलकली होटल पार्क साइट नजिकै मृत्यु कुरेर बसेको छ।

७० वर्ष पुगेको बिरामी काजलकलीको समयमा नै उपचार नहुँदा उसले मृत्यु कुर्नुको विकल्प नभएको पशु अधिकारकर्मी सुराजन श्रेष्ठले आफ्नो फेस्बुक मार्फत दु:ख पोखेका छन। 

पशु अधिकारकर्मी सुराजन श्रेष्ठले आफ्नो फेस्बुक अपिल गर्दै निम्न कुराहरु लेखेका छन। 

 

लगभग मरेतुल्य अवस्थामा रहेको काजलकलीको केही तस्वीरहरु यहाँ सार्वजनिक गरेको छु। आज गएर हेर्दा मैले पहिला त काजलकली मरिसक्यो भन्ने ठानेको थिएँ। सुँडबाट हल्का सास फेरे जस्तो गरे पछि बल्ल “काजलकली सास छोडिसकेको छैन रहेछ” भनेर मन मनै भनेँ। दुई पटक नेपालदेखि भारत बेचबिखन हुँदा पनि सिमानामा रोकेर फर्काइएको हात्ती हो, काजलकली। फर्काएर ल्याइसकेपछि न त यहाँ बाट बेचेको साहु ले मतलब गर्यो न त काजलकली लाई किनेको भारतको साहुले। सुरुमा कमजोर भएर उसको भीमकाय शरीर ढल्दा उसले आफ्नो शरीर अढाएको भित्ता ढालेर उल्टो परेर धानको खेतमा लडेको रहेछ। ऊ त्यसरी खसिसकेपछि उसको शरीर उस्तै रहेन। उसको शरीर भित्र धेरै घाउ हरु भएको हुन सक्थ्यो होला तर उसको शरीर diagnosis गर्ने प्रयास कहिले भएन। कानूनी रुपमा कसैको स्वामित्वमा नरहेको काजलकली लाई राष्ट्रिय निकुञ्जले पनि अधिग्रहण गर्न इच्छा राखेन, न त राम्रो उपचार दिन नै ईच्छा राखे। युनाइटेड हात्ती सञ्चालन पनि चुप नै बस्यो। कसैले नहेर्ने भएपछि एकचोटी सहयोगको अपील गरेको भए हुन्थ्यो, त्यो पनि भएन। मैले त कसैको हात्ती होइन भनेर हिजो भर्खरै मात्रै थाहा पाएँ। भने पछि यत्ति कुरा बुझ्नुस् की सौराहामा हात्ती व्यवसायीहरुले हात्ती सँग सम्बन्धित कति घटनाहरुलाई गुपचुप राख्दो रहेछ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मा पनि हात्ती दर्ता प्रक्रिया सुरु गरेको भनेर त्यो एउटा कागजको फाइलमा कुन कुनामा फालेर राखेछ। पुरै बन्दी हात्तीहरुलाई दर्ता गरेको पनि छैन। काठमाडौँमा वैशाख ११ देखि वैशाख १३ सम्म एसियाली हात्तीलाई बचाउने र उनीहरुको कल्याणमा ध्यान दिने बारे ठूलो अन्तराष्ट्रिय गोष्ठी भयो, सरकारी कर्मचारीहरु त्यसमा भाग लिए अनि हात्ती संरक्षण गरौँ भनेर टी-सर्ट, ब्याज हरु लगाए होला तर त्यही समय आसपास नै ढलेको काजलकली लाई सहयोग गर्न मनै बाट कहिले ईच्छा जाहेर गरेनन्। अब चित्त नबुझेको कुरा गर्न थाले भने धेरै होला तर मात्रै एउटा बिन्ती छ की सम्बधित निकायले काजलकलीको नेपाली साहु को थियो भनेर छानबिन गरोस् अनि उक्त व्यक्तिलाई कानूनी दायरामा लेराई सजाय दिइयोस्। युनाइटेड हात्तीले पनि यसमा सहयोग गरोस्। हामी पशु कल्याण कर्मी हरुको सहयोग लिनु भन्दा बरु हात्तीलाई लावारिस तरिकाले मर्न छोडिदिन्छु भन्ने खालको घमण्डपन नदेखाओस्। हामीलाई शत्रुको रुपमा नहेरियोस्।
उसलाई बचाउन सकिने सम्भावना एकदम न्यून देखेको छु तर चाहेको खण्डमा उसलाई न्याय प्रदान गर्न सकिने सम्भावना धेरै छ।
एकदमै सस्तो भइसक्यो आजकल यो शब्द तर पनि भन्न चाहान्छु #JusticeForKajalKali

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *