काठमाडौं।
मिडिया खासै आउन नरुचाउने सृष्टि दाहाल केसीले आफु राजनीतिमा आउँदा बिरोध गर्नेहरु प्रती आक्रोश ब्यक्त गरेकी छिन। केही दिन अगी सृष्टि केसी ‘दाहाल’ अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनित भए पछी उन्को बिरोध भएको थियो। प्रचण्डको परिवार बाट भएकोले केसीले अवसर पाएको भन्दै बिरोध भएको थियो। उक्त बिरोध प्रती लक्षित गर्दै सृष्टिले फेस्बुक मार्फत स्पष्टिकरण दिएकी छिन।
मिडिया खासै आउन नरुचाउने सृष्टि दाहाल केसीले आफु राजनीतिमा आउँदा बिरोध गर्नेहरु प्रती आक्रोश ब्यक्त गरेकी छिन। केही दिन अगी सृष्टि केसी ‘दाहाल’ अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनित भए पछी उन्को बिरोध भएको थियो। प्रचण्डको परिवार बाट भएकोले केसीले अवसर पाएको भन्दै बिरोध भएको थियो। उक्त बिरोध प्रती लक्षित गर्दै सृष्टिले फेस्बुक मार्फत स्पष्टिकरण दिएकी छिन।
उनी लेख्छिन
म भरतपुर, चितवन निवासी सृष्टि दाहाल केसी मेरो पार्टी सदस्यता नम्बर
पी ३३५३८९१२४०४
म २०६७/०७/०२ मा पार्टी सदस्य भएको हुँ र विगत १२ वर्षदेखि चितवन–काठमाडौ सम्पर्क समन्वय समितिमा कार्यरत थिएँ । धेरै थोरै Nepotism भन्ने सायद हरेक फिल्डमा हुन्छ जस्तो लाग्छ । व्यापारीको परिवारबाट उनका सन्तान त्यहि देख्दै–सुन्दै आएका हुन्छन त्यहि फिल्डप्रति बढी चासो र इच्छा राख्दछन् । त्यस्तै डाक्टरले डाक्टर बनाउने, नायक नायिकाले त्यही अगाड़ी बढाउने अन्य कुनै पनि फिल्डकालाई त्यही लाईनमा रुचि हुने हुन्छ । हो यदि परिवारको कोहि सफल व्यक्ति हुनुहुन्छ भने त्यसले त्यहि फिल्डमा आउनेलाई सहज हुन्छ तर सफल र असफल केवल आफ्नो खुबी र मेहनतले मात्र बनाउँछ । यदि त्यस व्यक्तिमा आफुले राखेको ईच्छा र कामप्रति लगनशिलता छैन र जर्वजस्ती कुनै पद मा राखिन्छ भने त्यो व्यक्ति स्वतस् असफल भईनै हाल्छ । त्यसैले म के हुन्छु त्यो म आफैंलाई पनि समयले देखाउला । केहि साथीहरुले मेरो बारे प्रश्न उठाउनु भएको छ, उठाउन पाईन्छ बोल्न लेख्न पाईन्छ । माओवादी पार्टीले यत्रो युद्ध लड्नु पर्नाको एउटा प्रमुख कारण पनि यही नै थियो र प्रश्न उठेपछि उत्तर दिनु मेरो कर्तव्य हो ।
मैले पार्टी सदस्य लिएको १२ बर्ष भैसकेको छ । मैंले मेरो पार्टी सदस्यता नम्बर माथि उल्लेख गरीकसेको छु भेरीफाई गर्न सक्नुहुन्छ । मलाई एक्कासी अहिले पार्टीमा ल्याएर पद दिएको भन्ने भ्रममा नर्पनुहोस् । हरेक व्यक्तिका आ–आफ्ना रुची हुने गर्दछन् । मलाई समाजसेवा राजनितिमा चासो छ । म विद्यार्थीको केन्द्रीय सदस्य बन्न असक्षम र अयोग्य उम्मेदवार हो जस्तो मलाई लाग्दैन् किनकी मैंले हामी सानै छँदा देखि हामिलाई सँगसँगै लिएर मम्मिले हरेक कार्यक्रममा लग्नु हुन्थ्यो । सानो छँदैदेखि हरेक आन्दोलनमा पुगेकै छु । अरु पार्टीबाट आएर बिद्यार्थीमा आएको पनि होइन । हाम्रो समस्या के हो भने पदका लागी घुमिफिरी आउनेलाई हामि सँधै स्थान र सम्मान दिन्छौं, ठाउँ दिन्छौ तर पार्टीप्रति मनै देखी माया र सम्मान हुनेलाई हामिले न त साथ न हौसला दिन्छौ ।
म मात्र त केन्द्रीय सदस्य भएको त होईन धेरै साथीहरु हुनुहुन्छ तर केही साथीहरुले मलाई मात्र देखी रहनु भएको छ । हामि भन्दा अग्रजहरुले साथ दिनुस हामिलाई प्रशिक्षित गर्नुस्, जनयुद्धमाथि औंला उठाउने हरुलाई बुझाउन सक्नु पर्यो किन र के का लागि थियो भनेर । त्यो सम्भव भनेको युवा विद्यार्थीबाट मात्र छ । आफ्नो पार्टीको अस्तित्व बचाउनतिर लाग्नु पर्छ हामि त्यसकालागि पार्टीप्रति सदैव ईमान्दार रहने व्यक्तिलाई मौका दिनुस्, आलोचना गरेर आफ्नै परिवारभित्र नखेल्नुहोस् ।
र मेरो विषयमा हाम्रो पार्टी अध्यक्षको नाम जोडेर बिचमा नल्याउनुहोस, उहाँलाई मलाई राजनितिमा ईच्छा छ भन्ने थाहा छ तर त्यो बाहेक उहाँले केहि गर्नु भएको हैन र अध्यक्षलाई यस विषयमा केहि थाहा पनि थिएन । सायद अहिले चलिरहेको संगठनको समस्याले पनि केहि साथीहरुको आक्रोश होला म प्रती तर पार्टी संगठन एक हुनु पर्छ भन्ने पक्षमा हो म । जसरि पनि समस्याको हल हुनुपर्छ । परिवारवादको ट्याग नदिनुस म फिल्डमै काम गर्न खोजेको हो । मलाई मन्त्री, राजदुत नै बनाएको जस्तो न गर्दिनुस् ।
तपाईहरु परिवारवादको कुरा गर्नुहुन्छ मेरै ड्याडीले यो पार्टीमा काम गर्नु भयो, सबै त्याग्नु भयो तर सँधै पार्टीभित्र अन्यायमा पर्नुभयो । उहाँ भन्दा जुनियरहरु कहाँ पुगिसक्नु भयो तर उहाँलाई सँधै पछाडि पारियो । त्यस विषयमा तपाईहरुको ध्यान कहिले पनि गएन । पार्टी अध्यक्षलाई अफ्ठ्यारो पर्ला भनेर उहाँ कहिले बोल्नु भएन, पार्टी कमिटीले जे जे गर्यो सबै स्वीकार्नु भयो र आज पार्टीको कुनै पनि विभागमा समेत राखिएको छैन । आफुभन्दा धेरै जुनियर साथिहरुलाई सेन्ट्रल कमिटीमा ल्याईयो तर यस विषयमा कोही बोल्नु भएन, साथ दिनु भएन । अझ धेरै ठाउँमा सभामुखको सचिवालय भनेर जोडेको देख्छु त्यो पनि आफ्नै बाध्यता र समस्याले हुनु भएको हो । त्यसमा राख्न पनि क. प्रचण्डले प्रस्ताव गर्नु भएको होईन । क. कृष्ण बहादुर महरा बाबाले आफैंले ड्याडीलाई बोलाएर राख्नु भएको हो । आफु भन्दा जुनियर माथि माथि पुगेको बेला आफु पार्टीमा कुनै हैसियतमा हुनुहुन्न । तर बाबालाई हामिले हाम्रो बिषयमा तनाव दिने काम गरेका छैनौं अहिलेसम्म । त्यसैले जे भन्नु छ हामिलाई भन्नुस अध्यक्षलाई बिचमा नल्याउनुहोस् उहाँलाई केहि थाहा थिएन र केहि पनि गर्नुभएको पनि हैन ।
प्रचण्डको परिवार हो भन्दैमा म राजनितिमा आउनै न पाउने त हुँदैन होला नि? हर व्यक्तिको आफ्नो ईच्छा, क्षमता, योगदान र चाहना हुन्छ । म माथि औंला त्यतिबेला उठाउनु होला जब म गलत बाटोमा हिँड्छु । आफ्नो काम प्रति बफादार हुन्न । मलाई पार्टी भित्र र बाहिरबाट साथ, सहयोग र हौसला दिनुहुने धेरै साथिहरुलाई हृदयदेखि नमन साथै आलोचना गर्नुहुने साथिहरुलाई पनि धन्यवाद सहित वास्तविकता बुझिदिनुहुन विनम्र अनुरोध