१९ असार, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ।केएमसी स्कुलको क्यान्टिनमा कार्यरत काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन् ।
रमा रायमाझीको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन दिएका छैनन् ।