उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई भाषा शिक्षण तथा परामर्श सेवा दिदै आइरहेको इनोभेटिब एजुकेशन कन्सलटेन्सीले आइतबार एक कार्यक्रम का बिच रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा करिब ५० भन्दा बढी विद्यार्थीले रक्तदान गरेका छन् । भरतपुर महानगरपालिका वडा नं १० का वडा अध्यक्ष परमेश्वर खनाल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा इनोभेटिब एजुकेशन कन्सलटेन्सीका सीइओ प्रकाश कुमार श्रेष्ठ सभापति रहनुभएको थियो ।
केहि समय देखि चितवनमा रगतको अभाव भएका कारण यस कार्यक्रमले टेवा पुग्ने आशा रहेको रक्तदान कार्यक्रमका कार्यक्रम सञ्चालक सन्तोष अधिकारीले बताउनु भयो । राजधानी पछि धेरै रगत खपत हुने जिल्ला रहेको चितवनमा धेरै दुर्घटना , क्यान्सर लगायत अन्य धेरै बिरामी आउने भएकाले रगत धेरै खपत हुने गरेको छ ।