निर्वाचन क्षेत्र परिवर्तन नगर्न प्रचण्डलाई नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल लगायतको अपिल

१८ आश्विन २०७९

चितवन : 
नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको ५ दलीय गठबन्धनको बैठकले नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचन क्षेत्र परिवर्तन नगर्न अपिल गरेको छ । ५ दलीय गठबन्धनको बैठकले प्रचण्ड चितवन छोडेर अन्य जिल्लाबाट उम्मेदवार बन्ने समाचार सुन्नमा आएको भन्दै ध्यानाकर्षण समेत जनाएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा प्रचण्डले चितवन क्षेत्र नम्बर ३ छोडेर गोरखा २ बाट उठ्ने चर्चा चलिरहेको बेला बैठकनै बसेर अधिकारिक रुपमा अपिल गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *