लमजुङ असोज २०-
हिमाली जिल्ला मनाङमा हिउँ परेको छ। जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार विहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मनाङ माथिल्लो क्षेत्रको थोराङलापास, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ । हिमपातका कारण बिजुली, मोबाइल नेटवर्क इन्टरनेट र प्रभावित भएको छ। धेरै बर्ष पछी मनाङमा असोज महिनामै हिउ परेको हो।